डि.के. निकेतन पब्लिक स्कुल
D.K. NIKETAN PUBLIC SCHOOL
Estd :2072
Facebook | Twitter | YouTube
Choose Language:

ऐतिहासिक पृष्ठभूमि

श्री डि.के. निकेतन पब्लिक स्कुल न.पा. ८,दैलेख जिल्ला निर्वाचन क्षेत्र नं: २ इलाका नं: ८ मा अवस्थित छ । पंचकोशी भन्नाले मालिका भगवतीको मन्दिर देखि धुलेश्वर मन्दिर र पादुका स्थान मन्दिरको दुरी ५ कोष भएकाले पंचकाशी रहेको मध्ये श्री धुलेश्वर महादेव मन्दिरको पुजा सिद्ध नदिवन सन्यासीको पाला देखि साके सम्बत १८८६ देखि शुरु भएको हो । सो मन्दिरको नियमित आजा पुजा संचालन मा वन परिवारको महन्त र पुजारी लम्जेल आचार्य परिवार स्थितिको भलाद्मी र लम्जीका पाण्डेय परिवारका पाठकी भएर मुख्य पर्व अथवा प्रत्यक सक्रन्ती,एकादशी, अमावसि र पूर्णमा एवं अन्य महत्वपूर्ण पर्वहरुमा रुद्रीपाठ गर्ने चलन छ । 

पुजारी र महन्त कुन्दा काट्ने, माटो ल्याउने मानिस गुठीको जग्मामा बसी यी कामहरु निशुल्क गर्ने गरेको पाइन्छ । सोही श्री महादेवको मन्दिर देखी १ किलोमीटर दक्षिण तिर राजा जङ्ग बहादुर राणा को बाबु बालनरसिंह कुवर को समादी स्थल बालेश्वर मन्दिर रहेको छ । सो मन्दिरको आडैमा एक दुल्लु नगरको खलङ्गा भन्ने गाउँ छ उक्त दुल्लु खलङ्गा नामको छोटो रुप डि।के। रहन गएको हो। २०७२ सालमा श्री घनश्याम उपाध्याय श्री जगतप्रसाद उपाध्याय र श्री हरिप्रसाद उपाध्याय को सयुक्त प्रयास बाट एक एक लाख बजेट संकलन र ५ महिनाको श्रमदान गरी ६ कोठे भवन निर्माण गरी यस विद्यालयको स्थापना गरिएको थियो । विद्यालय भवन निर्माणका लागि आवश्यक २७५ व।मि। जग्गा श्री मणिभद्र उपाध्यायबाट बार्षिक ५,००० – पाँच हजार मात्र /- को भाडा सम्झौता गरी स्कुल सञ्चालन भई रहेको छ ।
२०७२ साल देखि यस विद्यालयका संस्थापक श्री जगतप्रसाद उपाध्याय श्री हरिप्रसाद उपाध्याय र श्री घनश्याम उपाध्यायले माषिक ५,००० का दरले श्री सन्तोश कुमार सिंह श्री जगत कुमारी योगी , श्री खेम कुमारी रेग्मी लाई निजि स्रोतको शिक्षकका रुपमा काम गर्न लगाउनुभएको थियो । यस विद्यायलको स्थापना शिलान्यास श्री मणीभद्र उपाध्याय र टिका प्रसाद उपाध्यायले गर्नु भएको थिया सहयोगीको भुमिका निर्वाह गर्नुहुने महानुभावहरुमा श्री तिलक प्रसाद उपाध्यायको योगदान उल्लेखनिय छ ।
स्थापना कालमा यस विद्यालयले दुल्लू नगरपालीका को कार्यालय दैलेखबाट बाट पुर्व प्राथमीक प्ले गु्रप देखी यु।के।जी अनुमति प्राप्त गरेको थियो । यसै क्रममा कक्षा १ एक को अनुमती १ एक बर्षको अन्तरालमा प्राप्त गरेको थियो । यस विद्यालयको स्थापनाकाल देखि हाल सम्म शिक्षणकार्यमा संलग्न भई हाल बाहिर रहने शिक्षकहरुमा दुल्लु नगरपालीका ०८ निवासी श्री विपना आचार्य, श्री सुस्मीता आचार्य, श्री तारा कुमारी गिरी र चामुण्डा विन्द्रसैनी नागरपालीका निवासी श्री कृष्णा शाहि हुनुहुन्छ । 
पंचकोशी ज्वालाक्षेत्रको प्रशिद्ध मानिने श्री धुलेश्वर महादेवको मान्दिर देखी १ किलोमीटर दक्षिण तिर राजा जङ्ग बहादुर राणा को बाबु बालनरसिंह कुवर को समादी स्थल बालेश्वर मन्दिरको फेदमा रहेको दुल्लु खलङ्गा भन्ने गाँउको नामबाट यस विद्यालको नाम श्री डिके निकेतन पब्लिक स्कुल रहन गएको हो ।

विद्यालय कर्मचारी

hari1

Hari Prasad Upadhayaya

ACCOUNTANT

Ghanashyam Upadhayaya

TEACHER

Nisha Neupane

Teacher

Khem Kumari Regmi

Science Teacher

Ramesh Khanal

Math Teacher

Tilak Acharya

Grade Teacher

Jagat Kumari Yogi

Nepali Teacher

Santosh Singh